Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

विर्तामोडका घर/घरमा ज्वरोका विरामी, विर्तामोड नगरपालिका चार दिनलाई बन्द

३० असोज,   खबरमञ्च,   at 6:56 PM

By   /  October 16, 2020  /  Comments Off on विर्तामोडका घर/घरमा ज्वरोका विरामी, विर्तामोड नगरपालिका चार दिनलाई बन्द

    Print       Email

विर्तामोड । कोरोना भाइरसको संक्रमण व्यापक संक्रमण फैलन थालेपछि बिर्तामोड नगरपालिकाले कात्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । अहिले विर्तामोड नगरमा घर/घरमा ज्वरो आएका विरामी पाइने गरेका छन्।

विर्तामोडका एक व्यापारीले भने, ‘मेरै घरमा प्रायः सबैलाई ज्वरो आएको छ। कहाँ उपचार गराउन जानु? बरु घरमै सुप पिउँदै सिटामोल खाँदै बस्ने हो।’

मानिसहरू अहिले ज्वरो आएको भनेर कसैले पनि नभन्ने गरेको एक जना औषधि व्यवसायीले बताए। तर पसलमा आएर सिटामोललगायत औषधि जगेडा भन्दै किन्ने गरेको उनले बताए।

बिर्तामोड नगरपालिकाभित्र कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय भएको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले जानकारी दिएका छन्। उनका अनुसार विभिन्न क्षेत्रलाई सेवा प्रवाहमा ख्याल गर्न समेत नगरले निर्णय गरेको छ।

बैठकले गरेको निर्णय

१) बिर्तामोड नगरपालिका र नगरपालिकाका सम्पूर्ण बडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा २०७७ साल कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द गरिएको छ ।

२) बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने नगद लिने तथा दिने सेवा बाहेकका अन्य सेवा बन्द गर्ने । बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने सेवालाई सुरक्षित र व्यवस्थित गरी स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी प्रदान गर्ने व्यवस्था गर्ने ।

४) अत्यावश्यक सेवा बाहेक बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने ।

५) दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुन सक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्रमा नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्ने नगराउने ।

६) विजयादशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने ।

७) विजयादशमीको अवसरमा टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने । टीका ग्रहण गर्दा जेष्ठ नागरिक, विरामी र बालबालिकाहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई विशेष ध्यान पु¥याउन आग्रह गर्ने ।

८) नगरवासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी÷व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने ।

९) नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

Read More →