Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

विराटनगर महानगरले घोषणा गर्यो दुई हप्ते लकडाउन

१६ साउन,   खबरमञ्च,   at 4:45 PM

By   /  July 31, 2020  /  Comments Off on विराटनगर महानगरले घोषणा गर्यो दुई हप्ते लकडाउन

    Print       Email

विराटनगर । कोरोना भाइरस सङ्क्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लकडाउन गरिने भएको छ।

महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए।

महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट कमिटि (सीसीएमसी)को बैठकले लकडाउनको घोषणा गरेको हो । लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रुपमा रोक लगाइने भएको छ ।

लकडाउनको प्रोटोकल महानगरले जारी गर्ने तयारी गरिरहेको प्रमुख पराजुलीले जानकारी दिए।

महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार विराटनगरमा कोरोना क्रमितको संख्या १०७ पुगेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →