Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विप्लव समूहलाई निस्तेज पार्ने काममा कुनै सम्झौता हुने छैनः गृहमन्त्री बादल

३० असाेज,   खबरमञ्च,   at 3:03 PM

By   /  October 16, 2020  /  Comments Off on विप्लव समूहलाई निस्तेज पार्ने काममा कुनै सम्झौता हुने छैनः गृहमन्त्री बादल

    Print       Email

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धि नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई निस्तेज पार्न थप सक्रियतापूवर्क लाग्नु पर्ने बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले विप्लव समूहले राजनीतिक आवरणमा चन्दा असुली र विकास निर्माणमा अवरोध गर्ने कोसिस गरिरहेको भन्दै तीन्लाई निस्तेज पार्ने कुरामा कुनै सम्झौता नगर्न भनेका छन् ।

उनले भने, संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हकअधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन् । त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने विश्वास लिएको छु ।’

अपराध र अपराधीको विषयमा आफू भन्दा धेरै प्रहरीहरु नै जानकार र व्यावसायिक भएको भन्दै गृहमन्त्री बादलले अपराधको प्रवृति विश्लेषण गरेर अगाडि बढ्ने गरी रणनीति बनाउन भनेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले १२१ जना विप्लव समूहका व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →