
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेकाे छ ।
आजकाे मन्त्रीपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने सम्भावना रहेकाे एक मन्त्रीले बताए ।
उनले भने,’सुरक्षा परिषदकाे बैठकबाट पछिल्लाे अवस्था आँकलन गरेर मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने कुरा छ । आजकाे बैठकले फुकुवा गर्ने सम्भावना पनि छ ।’
सरकारले २०७५ साल फागुनमा हिंसात्मक गतिविधि गर्न थालेकाे भन्दै विप्लव समूहमाथि प्रतिबन्ध लगाएकाे थियाे ।
तर पछिल्लाे समय नेकपा दुई समूहका विभाजित भएसँगै सरकारले विप्लव नेतृत्वकाे नेकपालाई मूल धारको राजनीतिमा ल्याउनका लागि वार्ताकाे प्रक्रिया अघि बढाएकाे छ ।