Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

विद्युत प्राधिकरणले शुरु गर्यो सवारी साधनको चार्जिङ स्टेसन

१४ भदौ,   खबरमञ्च,   at 4:59 PM

By   /  August 30, 2022  /  Comments Off on विद्युत प्राधिकरणले शुरु गर्यो सवारी साधनको चार्जिङ स्टेसन

    Print       Email

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनबाट सेवा दिन सुरु गरेको छ ।

मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।

चार्जिङ स्टेसनबाट एकै पटक तीन वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ भने एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मुलुका बिभिन्न राजमार्गका साथै मुख्य बसपार्क र अन्य आवश्यक देखिएका स्थानमा समेत चार्जिङ स्टेशन थप गर्दै लैजाने योजना रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Read More →