Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विद्या भट्टराईको पद तथा गोपनीयताको शपथ मंगलबार

३० मंसिर,   खबरमञ्च,   at 7:04 PM

By   /  December 16, 2019  /  Comments Off on विद्या भट्टराईको पद तथा गोपनीयताको शपथ मंगलबार

    Print       Email

काठमाडौं । उपनिर्वाचनबाट कास्की २ बाट सांसद पदको लागि निर्वाचित भएकी विद्या भट्टराई अधिकारीले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा बिहान ११ बजे शपथ ग्रहण गर्नेछिन्।

सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकी हुन् । संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ।

तत्कालिन सांसद तथा साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि उनलाई कास्की २ बाट उपनिर्वाचनमा सांसद पदको लागि उम्मेदवार बनाइएको थियो । उनी प्रमुख प्रतिद्वन्दी लाई भारी मतले अन्तर पार्दै सांसद पदको लागि निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →