Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

विद्यालयमा सूचना तथा प्रविधिका पूर्वाधार स्थापना गरिने

2016/05/28,    at 6:04 PM

By   /  May 28, 2016  /  Comments Off on विद्यालयमा सूचना तथा प्रविधिका पूर्वाधार स्थापना गरिने

    Print       Email

काठमाडौं । सरकारले विद्यालयमा सुचना तथा प्रविधिका पूर्वाधार स्थापना गर्न अनुदान दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा सुचना तथा सञ्चार प्रविधि  प्रयोगशालाको स्थापना, स्मार्ट बोर्डको प्रयोग र अन्तरक्रियात्मक विद्युतिय शिक्षण सिकाई पद्धतिको विस्तार गरिने बताउनुभयो । विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्न हेटौंडा नगरपालिकाको मयुरधापमा मदनभण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गरिने उहाँले बताउनुभयो ।

साथै एक प्रदेश एक मेडिकल कलेजको स्थापनाको अवधारणा अनुरुप आगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने योजना छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको भाउ हरेक दिन उकालो लाग्दै, आजको मूल्य एक लाख दुईहजार भन्दा धेरै

Read More →