Loading...
You are here:  Home  >  समाज  >  Current Article

विज्ञप्तिमार्फत कूटनीतिक निकायले पत्रकारलाई धम्की दिनु निन्दनीयः महासंघ

७ फागुन,   खबरमञ्च,   at 5:59 PM

By   /  February 19, 2020  /  Comments Off on विज्ञप्तिमार्फत कूटनीतिक निकायले पत्रकारलाई धम्की दिनु निन्दनीयः महासंघ

    Print       Email

काठमाडौं  । काठमाडाैं पोस्टमा प्रकाशित एक सामाग्रीलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तीलाई लिएर नेपाल पत्रकार महास‌ंघले पनि गम्भीर आपत्ति जनाएको छ ।

बुधवार एक विज्ञप्ती जारी गर्दै महासंघले कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लान्छना लगाउने काम निन्दनीय भएको उल्लेख गरेको छ ।

मंगलबार चिनियाँ दूतावासले काठमाडाैं पोस्टमा प्रकाशित एक लेखमा प्रयोग गरिएको डिजिटल मोन्टाजप्रति आपत्ति जनाउँदै धम्कीयुक्त भाषामा विज्ञप्ति जारी गरेको थियो।

उक्त विज्ञप्ती बाहिर आएलगत्तै नेपालमा संविधानप्रदत प्रेस स्वतन्त्रता रहेको भन्दै दूतावासको धम्कीको सर्वत्र विरोध भइरहेको छ।

यसै सन्दर्भमा महासंघले पनि विज्ञप्ती निकाल्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैमा निन्दनीय छ।’

यसअघि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले पनि सामूहिक रुपमा विज्ञ्रप्ती जारी गर्दै चिनियाँ कदमप्रति आपत्ति जनाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

क्वारेन्टिन व्यवस्थापनमा जुटेका वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु

Read More →