Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

वायु प्रदुषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द

१६ चैत,   खबरमञ्च,   at 2:39 PM

By   /  March 29, 2021  /  Comments Off on वायु प्रदुषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द

    Print       Email

काठमाडौं । सरकारले देशभरका सबै शिक्षणसंस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेकाे छ ।

शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको हाे ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको सरकारी भनाइ छ ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए ।

लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए ।

बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्को सूचना जारी नभएसम्म एसईई र कक्षा १२ को परीक्षा स्थगित

Read More →