Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

९ वैशाख,   खबरमञ्च,   at 9:42 AM

By   /  April 22, 2021  /  Comments Off on वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

    Print       Email

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन विरुद्धको अभियानमा लामवद्ध हुन अपील गरेका छन् ।

नेपाल कम्युनियष्ट पार्टीको स्थापना दिवसमा अवसरम शुभकामना सन्देश जारी गर्दै प्रचण्डले कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुन अपील गरेका हुन् ।

शुभकामना सन्देशमा उनले कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेकाे समेत बताएका छन् ।

कम्युनिष्टभित्र देखापर्ने विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेकाे उनकाे भनाइ छ ।

‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ उनले भनेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →