Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

वर्षा राउतकाे प्रश्नः कसले सुन्ने हाम्राे चित्कार, कसले मेटाउने त्रास ?

२४ असाेज,   खबरमञ्च,   at 2:45 PM

By   /  October 10, 2020  /  Comments Off on वर्षा राउतकाे प्रश्नः कसले सुन्ने हाम्राे चित्कार, कसले मेटाउने त्रास ?

    Print       Email

काठमाडाैं । पछिल्लाे समय बलात्कारका घट्ना बढ्न थालेपछि कलाकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बढ्दाे महिला हिंसाका घट्नाले समाजमा महिला असुरक्षित हुँदै गएकाे भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

अभिनेत्री वर्षा राउतले सामाजिक सञ्चाल फेसबुकमा एक स्टाटस लेख्दै बलात्कारका घट्ना बढ्दै जाँदा सरकार उदासिनता लाई लिएर दुःख व्यक्त गरेकी छन् ।

बलात्कारका घटना बढिरहँदा महिलाकाे सुरक्षामा सरकारले ध्यान दिन नसक्नुकाे कारण उनले साेधेकी छन् । महिलामाथि हुने हरेक प्रकारका हिंसा र नारी अधिकारका लागि कानूननै बनेकाे भएपनि तीनकाे कार्यान्वयनकाे पाटाेमा उनले शंका गरेकी छन् । ‘नेपाली कानुनले आँखा मात्र नभइ कान र मुखमा पनि पट्टी बाँधेको भान भइरहेको छ ,’ उनले लेखेकी छन् ।

लामाे संघर्षबाट नेपाली महिलाले संविधानप्रद्त थुप्रै अधिकार पाएकाे भएपनि सुरक्षाका हिसावले भने महिला असुरक्षित हुनु परिरहेकाे उनकाे भनाइ छ । ‘म एक नारी हुँ ! एक नेपाली नारी ! धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी ! यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कति दिन धन्यवाद भनिरहने ?’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीः दसैंमा आफैंले पकाएर खाए खसीको मासु

Read More →