Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

लेबनानको बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

२१ साउन,   खबरमञ्च,   at 7:55 AM

By   /  August 5, 2020  /  Comments Off on लेबनानको बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

    Print       Email

एजेन्सी । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै २७०० मानिस घाइते भएकाे उनले बताएका छन्।

लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएकाे गाेदाममा विस्फोट भएको हो।

बीबीसी संवाददाताका अनुसार ठूलो मात्रामा मानवीय क्षति भएको छ। शव यत्रतत्र छरिएका छन्।

लेबनानी प्रधानमन्त्री असन दिआबले घटना भयावह भएको बताएका छन्। दोषीलाई नछाडिने चेतावनी पनि उनले दिएका छन्।

समाचार एजेन्सी एएफपीका एक पत्यक्षदर्शीले बताएअनुसार आसपासका कैयाैँ भवन ध्वस्त भएका छन्। यतिबेला अस्पतालहरू घाइतेले भरिएका छन्।

विस्फोटको आवाज २४० किलोमिटर पर पूर्वी मध्यसागरसम्म सुनिएको थियो।

समाचारअनुसार त्यस गाेदाममा सन् २०१४ देखि नाइट्रेट भण्डारण गरी राखिएको थियो।

राष्ट्रपति माइकल इयोनले ट्विट गरेर २ हजार ७५० टन विस्फोटक पदार्थ नाइट्रेट त्यसरी असुरक्षित तरिकाले राख्नु गलत भएकाे बताएका छन्। विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →