Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न कराँचीतर्फ

१५ फागुन,   खबरमञ्च,   at 1:18 PM

By   /  February 27, 2021  /  Comments Off on लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न कराँचीतर्फ

    Print       Email

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न त्यसतर्फ लागेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् ।

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझमात्र सन्दीपले पीएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो ।

जिम्बावे विरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पीएसएलको बीचमा नै प्रतियोगिता छोड्नुपरेको हो । उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन्‌ ।

यसअघि लामिछाने पीएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए । लाहोर कलन्दर्सले जारी प्रतियोगितामा तीन खेल खेलेकोमा दुईमा जीत तथा एकमा हार ब्यहोरेको छ। लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका प्रजिअ तिमिल्सिना ब्याड्मिन्टन च्याम्पियन, मैत्रीपूर्ण प्रतियोगिताको उपाधि हात पारे

Read More →