Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

लेखा समितिको निर्देशनः फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेज ठेक्का रद्द गर्नू

१९ चैत,   खबरमञ्च,   at 4:19 PM

By   /  April 1, 2021  /  Comments Off on लेखा समितिको निर्देशनः फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेज ठेक्का रद्द गर्नू

    Print       Email

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

आयोजनाको प्रिक्वालिफिकेसनमा पहिलो प्याकेजमा दुईवटा कम्पनी छनोट भएका थिए। तर दोस्रो प्याकेजमा एउटा मात्र कम्पनी छनोट भएपछि प्रतिस्पर्धी बनाएर अघि बढ्न समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिको निर्णयमा भनिएको छ, ‘दोस्रो प्याकेजमा प्रतिस्पर्धा नहुने देखिएपछि पुनः प्रक्रिया थाल्न निर्देशन दिइएको हो।’

यस्तै समितिले ईपीसी खरिद विधिका लागि हालसम्म निर्देशिका वा कार्यविधि नबाइएकाले पूर्वयोग्यता परीक्षण, बोलपत्र तथा प्रस्ताव आह्वानसम्बन्धी उपयुक्त निर्देशिका, कार्यविधि वा मापदण्ड तयार पारी उपलब्ध गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

Read More →