Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

३२ जेठ,   खबरमञ्च,   at 5:35 PM

By   /  June 14, 2020  /  Comments Off on बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

    Print       Email

मुम्बई । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले  के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ।

उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डब्लूएचओले बन्द गर्यो कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभीको औषधि प्रयोग

Read More →