Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

ला लिगा जुन ११ बाट सुरु हुने

१७ जेठ,   खबरमञ्च,   at 10:07 AM

By   /  May 30, 2020  /  Comments Off on ला लिगा जुन ११ बाट सुरु हुने

    Print       Email

एजेन्सी । काेराेना भाइरस संक्रमणकाे त्रासका कारण स्थगित भएकाे स्पेनिस ला लिगा आगामी जुन ११ बाट पुनः सुचारु हुने भएको छ ।

जसअन्तर्गत पहिलो खेलमा रियल बेटिस र सेभियाबीच खेल हुनेछ । यो सिजन बढीमा १८–१९ जुलाईसम्ममा समाप्त गर्ने आयोजकहरुको तयारी छ ।

नयाँ सिजन १२ सेप्टेम्बरबाट हुनेछ ।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि गत मार्च १२ मा लिग स्थगन गरिएको थियो । स्पेनिस सरकारको खेलकुद विभाग र ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच यसबारेमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

Read More →