Loading...
You are here:  Home  >  लाेकसेवा अायाेग बिशेष  >  Current Article

लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

साउन १,   प्रवीण कटवाल,   at 7:34 AM

By   /  July 16, 2016  /  Comments Off on लाेक सेवा अायाेग : सामान्य ज्ञान इतिहास, संस्कृति र सामाजिक व्यवस्था

    Print       Email

१. माग्नाकार्टाको सम्बन्धमा कुन सहि हो ?

१) १२१५ जुन १५ मा हस्ताक्षर भएको थियो ।    

 २) यसमा ६३ धारा छन् ।    

 ३) दफा ३८,३९, ४० मा वैयक्तिक सम्पत्तिको चर्चा छ

क)  १,२,३ सहि    ख) मात्र सहि    ग)  २,३ सहि  घ) १,२ सहि

 

२. “Man is born free but everywhere he is in chains ,”  यो भनाइ कसको हो ?

१) भोल्तेय   २) बफेन  ३) रुसो   ४) मेकायबेली

 

३. भारतिय स्वतन्त्र संग्रामलाई ती चरणमा विभाजन गरिका छ । सो मध्ये उदारवादी युगको अवधि कुन हो ?

१) १८८५–१९०५   २) १९०६–१९१८  ३) १८७५–१९०५  ४)  १८८५–१९०३

 

४. राष्ट्रसंघको विधानमा कति धारा रहेका थिए ?   

१) २१   २)३५    ३) १९    ४)२६

 

५. पत्थरको मुद्राको विकास कुन सभ्यतामा भएको थियो ?

१) मेसोपोटामिया   २) सिन्धुघाँटी   ३) चिनियाँ    ४) मिश्रको

 

६. हिटलर जर्मनको चान्सलर कहिले नियुक्त भएका थिए ?  

१) सन् १९३१    २) सन् १९२९    ३)सन् १९३३    ४) सन् १९३५

 

७. किराँतकालका पहिलो र अन्तिम राजा को हुन् ?

 १) यलम्बर र गस्ति      २) स्थुँको र गस्ति     ३) यलम्बर र प्रचण्डदेव    ४) भुक्तमान र गस्ति

 

८. तलका भनाई विचार गर्नुहोस् ।

१) शब्दविद्या ग्रन्थका लेखक अंशुवर्मा हुन् ।

२) किरात वंश पछि सोम वंशले शासन गर्यो ।

३) नरेन्द्रदेवले ३१ वर्ष शासन गरे ।

क)१,२ सहि    ख) १,३ सहि     ग)२,३ सहि     घ ) १,२,३ सहि

 

९. उपत्यकाको विभाजन पछि भक्तपुरको पहिलो मल्ल राजाको भएका थिए ?

१) रत्न मल्ल    २) राय मल्ल     ३) रण मल्ल     ४) यक्ष मल्ल

 

१०. गण्डकी प्रदेशका चौविसे राज्यमा नपर्ने निम्न मध्ये कुन हो ?

१) सतहुँ     २) उदयपुर     ३) पैंयु      ४) सान्नी

 

११. वि.वि.सि.ले कहिले देखि नेपाली भाषामा कार्यक्रम प्रसारण शुरु गर्यो ?

१) सन् १९६७ जुलाई ७      २) सन् १९६७ जुन ७      ३) सन् १९७६ जुन ७       ४) सन् १९७६ जुलाइ ७

 

१२. साम्बा नृत्य कुन देशको प्रचलित नृत्य हो ?

१)ब्राजिल      २) हंगेरी     ३) मेक्सिको     ४)स्पेन

 

१३. तल दिएको मध्ये कुन गलत हो ?

१) सिंहदरबार सिलान्यास– चन्द्रशमशेर     २) लाइब्रेरी पर्व– भीम शमशेर    

 ३) नारायणहिटी दरबार – वीर शमशेर         ४) राष्ट्रको नोकर हुँ – देव शमशेर

 

१४. वि.सं. २००७ साल फागुन ७ गते गठित मन्त्रिमण्डलमा शिक्षामन्त्रि को थिए ?

१) चुडा शमशेर    २) यज्ञ बहादुर बस्नेत      ३) भद्रकाली मिश्र      ४)नृपजंग राणा

 

१५. टंक प्रसाद आचार्य नेपालको प्रधानमन्त्री कहिले भए ?

१) २०१२ माघ १३     २) २०१२ जेठ १३      ३) २०१३ माघ १३      ४) २०१२ मंसिर १३

             

                          (नोटः यी प्रश्नहरुको उत्तर अर्को शनिबार राखिनेछ ।)

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

Read More →