Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

लागू पदार्थ ब्राउन सुगरसहित झापाबाट ७ जना पक्राउ

१० मंसिर,   खबरमञ्च,   at 12:53 PM

By   /  November 26, 2021  /  Comments Off on लागू पदार्थ ब्राउन सुगरसहित झापाबाट ७ जना पक्राउ

    Print       Email

झापा । झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर,  सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन्  ।

हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनीहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

Read More →