Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

लागूऔषध ब्राउनसुगरसहित झापाबाट दुईजना कारोबारी पक्राउ

१५ साउन,   खबरमञ्च,   at 7:50 AM

By   /  July 30, 2021  /  Comments Off on लागूऔषध ब्राउनसुगरसहित झापाबाट दुईजना कारोबारी पक्राउ

    Print       Email

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

बिहीबार दिउँसो ३.३० बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा मेचीनगर नगरपालिका वडा नम्बर ९ स्थित लिलाबस्तीको लिलाचोकमा मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी ब्राउनसुगर किनबेच गर्नेक्रममा मेचीनगर १ बस्ने २६ वर्षिय सरोज भुजेल र सोही ठाउँका ३५ वर्षिय निर्मल भुजेल भन्ने झलक भुजेललाई पक्राउ गरेको हो ।

सरोजले बोकेको कालो झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको ३४ ग्राम ब्राउनसुगर , विभिन्न नेपाली दरको नोट जम्मा दुई लाख सैतालिस हजार पाँच सय रुपैयाँ र झलकको साथबाट तीन हजार पाँच सय नगद फेला पारी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोडबाट नगद चोरी गर्ने दुई जना धनकुटाबाट पक्राउ

Read More →