Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

ललिता निवास प्रकरणमा अदालतले जारी गर्यो १ सय १० विरुद्ध पक्राउ पुर्जी

१७ पुस,   खबरमञ्च,   at 6:27 AM

By   /  January 1, 2022  /  Comments Off on ललिता निवास प्रकरणमा अदालतले जारी गर्यो १ सय १० विरुद्ध पक्राउ पुर्जी

    Print       Email

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

Read More →