Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय

३० भदौ,   खबरमञ्च,   at 4:07 PM

By   /  September 15, 2020  /  Comments Off on लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय

    Print       Email

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालय मातहतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले कोरोनाभाइरस परीक्षणको सम्वन्धमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो।

यस्तै मन्त्रालयले लक्षण देखिएका व्यक्तिहरूको मात्रै कोरोना परीक्षण गर्ने भएको छ।

उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीहरूमा लक्षण देखिए र सुरक्षा सामग्री सहि तरिकाले नलगाएको खण्डमा पीसीआर परीक्षण गर्ने भएको छ।

रोग प्रतिरोधी क्षमतामा समस्या भएका व्यक्तिलाई पीसीआर परीक्षण गर्ने गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →