Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

लकडाउनमा घरमा बसी-बसी फेसबुकमार्फत हेर्नुस् रंगमञ्चकाे नाटक

१३ चैत,   खबरमञ्चडेस्क,   at 8:53 PM

By   /  March 26, 2020  /  Comments Off on लकडाउनमा घरमा बसी-बसी फेसबुकमार्फत हेर्नुस् रंगमञ्चकाे नाटक

    Print       Email

काठमाडौँ ।  थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन ९टिसिसी नेपाल० ले मार्च २७ ९चैत १४० अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विपद्का बेलामा वास्तविक नाटकमार्फत आनन्द, अनुभूति दिन नसके पनि भिडियोमार्फत गर्ने तयारी गरेको छ ।

विज्ञप्तिमा आफ्ना नाटकको भिडियोसहित महोत्सवका लागि प्रत्येक दिन साँझ५ बजे सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरिएको छ ।

हरेक दिन फरक फरक एक नाटकको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त महोत्सव थिएटर मलको फेसबुक पेज https://www.facebook.com/TheatreMall/ बाट प्रत्यक्ष हेर्न सकिन्छ । रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बजारमा आयो ‘बेसारे माया'(हेर्नुस् भिडियाे)

Read More →