Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

रोहिंग्या क्याम्पमा अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु

५ कात्तिक,   खबरमञ्च,   at 1:41 PM

By   /  October 22, 2021  /  Comments Off on रोहिंग्या क्याम्पमा अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु

    Print       Email

काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ ।

रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ गरेको छ ।

उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ ।  

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा एकै दिन १७ जनामा देखियो काेरोनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस

Read More →