Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन

१९ बैशाख,   खबरमञ्च,   at 8:07 AM

By   /  May 1, 2020  /  Comments Off on रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन

    Print       Email

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ।

काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम  २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा `५६ वर्षपछि……..` नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै झापामा प्रदर्शन

Read More →