Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

रुपन्देहीका २९ जनाले कोरोना भाइरस सङ्क्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज

१९ जेठ,   खबरमञ्च,   at 1:41 PM

By   /  June 1, 2020  /  Comments Off on रुपन्देहीका २९ जनाले कोरोना भाइरस सङ्क्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज

    Print       Email

बुटवल । रुपन्देहीका २९ जनाले कोरोना भाइरस सङ्क्रमणलाई जितेर सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन्।

बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए।

डिस्चार्ज हुनेमा एक जना ४ बर्षीय बालिका समेत रहेको उनले जनाए।

भीम अस्पतालका अनुसार सोमबार डिस्चार्ज हुनेमा एक भारतिय नागरिकसहित रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४, सिद्धार्थनगर नगरपालिकाका १, कोटहीमाई गाउँपालिकाका १, कपिलवस्तुुका ५ र नवलपरासीका ३ जना रहेका छन्।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन्।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये कसैलाई पनि गम्भीर लक्षण नदेखिएको बताए।

प्रदेश ५ मा हालसम्म ७७ जनाले कोरोना भाइरसलाई जितेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →