Loading...
You are here:  Home  >  समाज  >  Current Article

रुकुम घटनामा जे विवरण समाचारमा आए, अनुसन्धानमा पाएका छैनौंः महान्यायधिवक्ता खरेल

२० जेठ,   खबरमञ्च डेस्क,   at 1:15 PM

By   /  June 2, 2020  /  Comments Off on रुकुम घटनामा जे विवरण समाचारमा आए, अनुसन्धानमा पाएका छैनौंः महान्यायधिवक्ता खरेल

    Print       Email

काठमाडौं । महान्यायधिवक्ता अग्नि खरेलले सरकारी वकिलको कार्यालयले गरिरहेको अनुसन्धानमा कुनै किसिमको प्रभाव नपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

तर घटनाका तथ्यगत प्रमाण जुटाउन भने जटिल रहेको उनले बताए।

रुकुम घटनापछि संसदीय समितिमा महान्यायधिवक्ता खरेलले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘मैले जिल्लामा भनिसकेको छु,’ खरेलले भने, ‘अनुसन्धान प्रभाव पार्ने किसिमको फोन कसैको पनि आए मलाई डाइभर्ट गरिदिनुहोस् भनेको छु।’

रुकुम घटनाको भौतिक प्रमाण भएकाले तिनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने काम भइरहेको महान्यायधिवक्ता खरेलले जानकारी दिए।
सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप पीडित पक्षले लगाएको छ।

भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले पनि नवराजलगायत मृतकलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन्।

तर समाचारमा आए अनुसार विवरणका प्रमाण नभेटिएको महान्यायधिवक्ता खरेलले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

Read More →