Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

राहदानीबाट झापामा ८ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन

२५ भदौ,   खबरमञ्च,   at 3:26 PM

By   /  September 10, 2022  /  Comments Off on राहदानीबाट झापामा ८ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन

    Print       Email

झापा । राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाइएको थियो ।

जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको थियो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो ।

उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Read More →