Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

१ मंसिर,   खबरमञ्च,   at 6:28 AM

By   /  November 17, 2021  /  Comments Off on रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

    Print       Email

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसानहरु मारमा परेको जानकारी गराएका थिए । ‘मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ । मलखाद्यको व्यवस्था छिटो भन्दा छिटो हुनुपर्‍यो भन्यौं,’ शाहले भने, ‘उहाँ (प्रम)ले कुरो भइरहेको छ । भारतसहित अरु देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।’  

नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेको छ । सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ ।

यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन् ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शाहले १४औं महाधिवेशनबारे पनि पार्टी सभापति देउवासँग कुरा भएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण

Read More →