Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रिय एकता दिवस मनाउन सरकारले कन्जुस्याईं गर्योः कमल थापा

२७ पुस,   खबरमञ्च,   at 4:49 PM

By   /  January 12, 2020  /  Comments Off on राष्ट्रिय एकता दिवस मनाउन सरकारले कन्जुस्याईं गर्योः कमल थापा

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवस मनाउन सरकारले कन्जुस्याईं गरेको बताएका छन्।

एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले सरकारले पृथ्यीजयन्तीको दिनको समेत बिदा कटौती गरेर भूल गरेको बताएका हुन्।

‘राष्ट्रय एकता दिवस मनाउनको लागि सरकारी तवरबाट विभिन्‍न कार्यक्रम भएका छन्। तर, सरकारले सार्वजनिक बिदा कटौती गर्‍यो’ उनले भने, ‘त्यसैले नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार र विशेषत प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस विषयमा ध्यान दिन आवश्यक छ।’

राष्ट्रिय एकीकरण एउटा राजनीतिक दल र व्यवस्थासँग मात्रै सम्बन्धित नभएको उनले प्रष्टाए। ‘यो राष्ट्र निर्माणसँग सम्बन्धित हो। पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसलाई पार्टीभन्दा माथि उठेर हेर्नपर्छ’ उनले भने।

‘सद्भाव र एकता बढाउने पर्वका रूपमा मनाउनुपर्छ’ उनले भने, ‘राष्ट्र निर्माताको योगदानबारे विगतमा केही भ्रम थिए। केही नकारात्मक सोच थिए। अहिले प्रायः सबै राजनीतिक दल र नेताहरूले पृथ्वीनारायण शाहको योगदानलाई सकारात्मकरूपमा लिनु भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →