Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले के-के गर्यो? (तस्वीरहरु)

२७ पुस,   खबरमञ्च,   at 7:23 PM

By   /  January 12, 2020  /  Comments Off on राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले के-के गर्यो? (तस्वीरहरु)

    Print       Email

काठमाडौं । राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाएको छ।

सोही क्रममा पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङदेन लगायत नेताहरुले रक्तदान गरेर मानवीय सेवाको कार्य गरेका छन्।

ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेर नेताहरुले आइतबार रक्तदान गरेका हुन्।

अध्यक्ष थापाले ४१औं पटक रक्तदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

पृथ्विजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरवारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा फूलमालासहित अध्यक्ष थापाले सादर श्रद्धासुमन अर्पण गरेका छन्।

पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहितको सहभागिता थियो।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →