Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘राष्ट्रियसभाका विषयगत समितिले दिएको निर्देशनमा सरकार गम्भीर भएन’

२८ पुस,   खबरमञ्चडेस्क,   at 4:39 PM

By   /  January 13, 2020  /  Comments Off on ‘राष्ट्रियसभाका विषयगत समितिले दिएको निर्देशनमा सरकार गम्भीर भएन’

    Print       Email

 

काठमाडौं । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकार गम्भीर नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभा अन्तर्गत दीगो विकास तथा सुशासन समितिको सोमबारको बैठकमा समिति सदस्यहरुले समितिले पटकपटक विभिन्न मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरे।

समितिको कार्यक्षेत्रमा पर्ने भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासलगायतका मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरिएको भन्दै उनीहरुले आपत्ति जनाए । मिनी पार्लियमेन्टका रुपमा रहेको समितिले दिएको निर्देशन कार्यान्वयन नगरेर समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए नभएकाबारे समितिलेनै अनुगमन गर्नुपर्नेमा जोड दिए।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताए । जसका लागि सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने उनको भनाइ थियो ।

यस्तै अर्का सदस्य महेश कुमार महराले सरकारले राष्ट्रिसभालाई र उसका समितिहरुलाई खासै महत्व नदिएको आरोप लगाए ।

“राष्टियसभासंग पनि प्रधानमन्त्री चुन्ने र अभियोग लगाउने अधिकारसम्म भइदिएको भए हामी समितिले दिएको निर्देशनहरुका सम्बन्धमा पनि केही सुनुवाई हुन्थ्यो की । प्रतिनिधिसभामा समितिले दिएका निर्देशनमा सरकारका तर्फबाट प्रतिर्कया त आउँछ, हाम्रोमा त केही छैन । अब सम्बन्धित मन्त्रीहरुलाई बोलाएर कुरा राख्नुप¥यो”, उनले भने ।

यस्तै समिति सदस्य विमला राई पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिइन्। सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

समिति सदस्यहरुको गुनासा पछि सभापति तारादेवी भट्टले समितिले विभिन्न विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउँदा समय नभएको भन्दै टार्ने गरेको गुनासो उल्टो सुनाइन् । उनले आगामी दिनमा त्यसो हुन नदिन र हालसम्म दिएका निर्देशन कार्यान्वयन भएरनभएकोबारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने पनि बताइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →