Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रपति भण्डारीले गरिन् संघीय संसदकाे चालु अधिवेशन अन्त्य

१८ असार,   खबरमञ्चडेस्क,   at 2:24 PM

By   /  July 2, 2020  /  Comments Off on राष्ट्रपति भण्डारीले गरिन् संघीय संसदकाे चालु अधिवेशन अन्त्य

    Print       Email

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी छिन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्।

संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयमा पठाएको छ।

‘संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन बिहीबार साँझ ५ बजेदेखि अन्त्य गरेको छु,’ राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →