Loading...
You are here:  Home  >  छापामा  >  Current Article

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

२० बैशाख,   खबरमञ्च,   at 8:59 AM

By   /  May 3, 2021  /  Comments Off on राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै अवस्थामा विश्वासको मत लिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही प्रयोजनका लागि आइतबार वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को आइतबारै बसेको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्रीले संविधानको धारा १०० (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले धारा ९३ (१) बमोजिम वैशाख २७ गते सोमबारका दिन अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

एमाले अध्यक्ष ओली माओवादी केन्द्रकै समर्थनमा २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए ।

नेकपा एकता बदर भई साविक पार्टी ब्युँतिएपछि माओवादी केन्द्रका नेताहरूले सरकारलाई समर्थन नरहेको बताउँदै आए पनि फिर्ताको निर्णय भने गरेको छैन ।

माओवादीले समर्थन फिर्ता नलिँदासम्म कानुनी रूपमा ओली नेतृत्वको सरकार स्पष्ट बहुमतमा देखिन्छ । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेका १ सय २१ र माओवादीका ४९ छन् । माओवादीका ५३ सिट रहेकामा चार जना एमालेमा गएकाले उनीहरूको सांसद पद गएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →