Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहीच एकता, संघीयता खारेजीको एजेण्डालाई अगाडि बढाउने

2022/09/28,   खबरमञ्च,   at 2:39 PM

By   /  September 28, 2022  /  Comments Off on राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहीच एकता, संघीयता खारेजीको एजेण्डालाई अगाडि बढाउने

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुविकरण पक्षधरबीच औपचारिक एकता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरे ।

आज आयोजित विशेष समारोहमा दुवै नेताले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले एक–अर्कालाई घोषणापत्र हस्तान्तरण गर्दै माला समेत लगाइदिएका छन् ।

घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउनका लागि यो एकता गरिएको उल्लेख छ । राजसंस्था पुनर्स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । घोषणत्रपमा ४ बुँदा छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →