Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

राप्रपाले निगमसंग माग्यो पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण

६ असार,   खबरमञ्च,   at 4:44 PM

By   /  June 20, 2022  /  Comments Off on राप्रपाले निगमसंग माग्यो पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगाएतका बिषयमा जानकारी माग गरेको छ ।

त्यस्तै नेपालका भिभिआपीलाई बर्षमा कति तेल उपलव्ध गराइन्छ र निगम कर्मचारीहरुको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएपछि बिरोध सुरु भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →