Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

राजवंशी चलचित्र ‘भाइ भाइ’को छायांकन सुरु

२ चैत,   खबरमञ्च,   at 7:33 AM

By   /  March 15, 2021  /  Comments Off on राजवंशी चलचित्र ‘भाइ भाइ’को छायांकन सुरु

    Print       Email

बिर्तामोड । राजवंशी र नेपाली दुवै भाषामा बनाइने चलचित्र ‘भाइ भाइ’को छायांकन सुरु भएको छ ।

झापा, इलाम, पोखरा र जोमसोममा छायांकन हुने ‘भाइ भाइ’को निर्देशन गजेन्द्र राजवंशीले गर्ने भएका छन् ।

भाइहरुबीचको कथालाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक राजवंशीले बताए । चलचित्रको निर्माता बिर्तामोडका पूर्णप्रसाद राजवंशी रहेका छन् ।

उनका अनुसार यसमा १२ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । चलचित्रको सोमवारदेखि लगातार छायांकन हुने र महिना दिनभित्र सकिने अनुमान गरिएको छ ।

चलचित्रमा मुख्य कलाकारको रुपमा यस अघि नै चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकारहरुको सहभागिता रहनेछ । पूर्णप्रसाद राजवंशी, हंशनारायण राजवंशी, मोहन राजवंशी, कौशला राजवंशी र प्रतिभा राजवंशीको अभिनय रहनेछ ।

छायांकन विन्जु मिडिया कर्नरका सञ्चालक तथा पत्रकार बिजय बरालले गर्ने भएका छन् । सुटिङमा ड्रोन लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ख्यातिप्राप्त गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

Read More →