Loading...
You are here:  Home  >  राजनीति

राजनीति

बजेटमा उल्लेख आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले गरे विरोध

काठमाडौं । सरकारले संसदमा पेश गरेको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले विरोध गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार पेश गरेको बजेटमा असन्तुष्टि जनाउँदै पोखरेलले पुनर्विचार गर्न आग्रह गरेका हुन् । शिक्षा मन्त्रीलाई नै थाहा नदिएर कसरी बजेट वक्तव्यमा आयो भन्ने विषयले अहिले चर्चा पाएको छ । आइतबार वक्तव्य नै निकाली […]

क्वारेन्टिन स्थलको अवस्था चिन्ताजनक छ, संघीय सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्योः लालबाबु पण्डित

काठमाडौं । सत्तारुढ नेकपाका सांसद लालबाबु पण्डितले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पण्डितल कोरोना भाइरसले भन्दा भन्दा बढी ज्यान आत्महत्याले लिएको बताएका हुन्। सम्भावित संक्रमितको लागि बनाइएको क्वारेन्टाइन स्थलहरुको अवस्था पनि चिन्ताजनक रहेको भन्दै उनले क्वारेन्टाइन […]

संविधान संशाेधन विधेयक संसदमा पेश

काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालकाे संविधान (दाेस्राे संशोधन) विधेयक पेश गरेकी हुन् । सरकारले हालै जारी गरेकाे नेपालकाे नयाँ नक्सा अनुसार संविधानकाे अनुसूची ३ मा रहेकाेे निशान छापभित्र रहेकाे नेपालकाे नक्साकाे आकार मिलाउ भन्दै सरकारले संशाेधन प्रस्ताव ल्याएकाे हाे ।

प्रतिनिधिसभा बैठक सुरु, संविधान संशोधन विधेयक पेस हुँँदै (LIVE)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । आजकाे बैठकमा संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पेस हुने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ । यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो । 

सरकारले ल्याएकाे संविधान संशाेधन प्रस्तावमा समर्थन गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरेकाे छ । शनिबार अबेर रातिसम्म चलेकाे पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निशान छाप परिवर्तनका लागि गर्न लागिएकाे संविधान संशाेधन प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय […]

जेठ ३२ गतेसम्म लकडाउन कायम राख्ने मन्त्रीपरिषदकाे निर्णय

काठमाडाैं ।  सरकारले थप १२ दिन लकडाउन कायम राख्ने निर्णय गरेकाे छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको हाे । यससँगै बैठकले सिमानाका प्रवेश र हवाइ उडानकाे प्रतिबन्ध असार १३ गतेसम्म कायम राख्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार  तथा सूचनामन्त्री […]

झापाका पुराना वामपन्थी नेता हंश राजवंशीको हृदयघातका कारण निधन

विर्तामोड । झापाका पुराना वामपन्थी नेता हंश राजवंशीको हृदयघातका कारण निधन भएको छ। उनको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं १ कमिटी सदस्य पुरुषोत्तम चुँडालले जानकारी दिए। राजवंशी विगतदेखिनै उच्च रक्तचापका विरामी थिए। बिहीबार बेलुका अचानक बेहोस भएपछि उनलाई विर्तामोडको बिएन्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार संभव नभएपछि विराटनगरको न्युरो […]

नेकपा सचिवालयकाे निर्देशनः एमसीसी अनुमाेदन नभएसम्म केही पनि काम अघि नबढाउनु !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म कुनै पनि अघि नबढाउन निर्देशन दिने निर्णय गरेकाे छ । शनिबार विहान बसेकाे नेकापा सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मार्फत  सरकारलाई निर्देशन दिने निर्णय गरेकाे हाे । आगामी आर्थिक वर्षकाे बजेटको अनुसूचीमासमेत एमसीसीकाे विषय समेटिएपछि नेकपामा […]

बालुवाटारमा नेकपा सचिवालय बैठक: भीम रावल, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री खतिवडालाई पनि बाेलाइयाे

काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा जारी छ । आजकाे बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रण गरिएकाे छ । आजकाे बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएकाे प्रतिवेदनका सम्बन्धमा छलफल गरेर निर्णय लिने जनाइएकाे छ । बेठकमा सचिवालयका सबै उपस्थित छन् ।

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

काठमाडौं । नेकपा सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा एमसीसीका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल […]

एमसीसी बजेटबाट नहटाए बजेट नै फेल बनाइदिने खनालको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ। संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७/७८ को बजेटमा समेटेको हो। बजेट किताबको अनुदान तथा ऋण सारांंश अनुसूची १० मा एमसिसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ […]

हाम्रा कुरा नसुन्ने हाे भने राष्ट्रिय एकता कठिन छः महन्थ ठाकुर

काठमाडाैं । नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेसँगै संविधानमा रहेको निशान छाप परिवर्तन गर्न भन्दै सरकारले ल्याएको संविधान संशोधन विधेयकमा मधेश केन्द्रित दल राजपाले समर्थन नगर्ने देखिएको छ । शुक्रबार राजपा नेताहरु गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए । तर संसद सचिवालयले अध्ययन गर्नु पर्ने भन्दै विधेयक दर्ता […]

संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउन जनता समाजवादी पार्टीका नेताहरु संसद सचिवालयमा

काठमाडौं । संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउने भन्दै जनता समाजवादी पार्टीका नेताहरु शुक्रबार संसद सचिवालय पुगेका छन्। सचिवालय पुगेर पार्टीका नेताहरुले निजी विधेयक दर्ता गराउनका लागि अनुरोध गरेका थिए। तर सचिवालयका महासचिव दर्ता गर्न मानेका थिएनन्। उनले सभामुखसंग सल्लाह गरेर मात्र दर्ता गर्ने बताएका थिए। पार्टीका नेताहरुले नेपालको नक्सा संशोधन गरेकोमा केही असन्तुष्टि […]

जनता समाजवादी पार्टीको निजी विधेयक दर्ता गर्न संसद सचिवालयद्वारा अस्विकार

काठमाडौं । जनता समाजवादी पार्टीको निजी विधेयक संसद सचिवालयले दर्ता गर्न अस्विकार गरेको छ। संविधान संशोधनका लागि निजी विधेयक दर्ता गराउने भन्दै जनता समाजवादी पार्टीका नेताहरु शुक्रबार संसद सचिवालय पुगेका थिए। संसद सचिवालयले दर्ता गर्न नमानेपछि नेताहरु विधेयक छाडेर निस्किए। आफ्ना माग पूरा नभए सरकारले ल्याकाे विधेयकमा सहयाेग नगर्ने उनीहरुले चेतावनी दिएका छन्। पार्टीका नेताहरुले […]

बजेट कार्यान्वयनकाे जग अत्यन्त कमजाेर देखियाेः राजेन्द्र लिङदेन

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएकाे बजेटकाे कार्यान्यवयनमा शंका व्यक्त गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद लिङ्देनले सरकारले बजेटमा समेटेका केही विषय सकरात्मक भएपनि सञ्चालनकाे अत्यन्त कमजाेर रहेकाे बताए । ‘कार्यक्रम राम्राे नराम्राे भन्दा  पनि त्यसकाे कार्यान्वयनकाे जग कति मजबूद छ भन्ने महत्वपूर्ण कुरा हाे […]

जेठ १५ः राजतन्त्र अन्त्य भएकाे त्याे दिन….

काठमाडौँ।  आज जेठ १५ गते । लामाे राजतन्त्रको अन्त्य भई नेपालमा जनताको शासन सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज ।  अनि नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने […]

राप्रपा अध्यक्ष थापाः १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था ‘त्रुटि’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था त्रुटि भएको बताएका छन्। उनले सबै अटाउने व्यवस्थाले मात्र समृद्ध नेपाल संभव भएको बताए। गणतन्त्र दिवसको दिन बिहीबार बिहानै ट्विट गर्दै थापाले गणतन्त्र दिवसका दिनले राजसंस्था सहितको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न प्रेरणा मिलोस् भनेका छन्। उनले भनेका छन्, ‘आज जेठ […]

संविधान संशाेधन विधेयक कार्यसूचीबाट हटाइनुमा कांग्रेसलाई कारक बनाइनु आपत्तिजनकः प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूगोल नेपालको भूभाग भएको तथा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र ती भूभागमा नेपालको हक निर्बाध कायम हुनुपर्ने विगतदेखि नै आफ्नो प्रष्ट धारणा राखेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी सन् २०१५ मेमा भारत र चीनबीच लिपुलेकको नाकाबारे सहमति हुँदा तत्कालीन काँग्रेस सभापति […]

आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार ४ बजे प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित […]

सरकारको निर्देशन: गणतन्त्र दिवसका अवसरमा जेठ १४, १५ र १६ गते दीपावली गर्नू

काठमाडौं । भाेलि जेठ १५ अर्थात गणतन्त्र दिवस । यसपटक काेराेना भाइरस संक्रमणकाे त्रासका कारण कुनै औपचारिक कार्यक्रम हुने अवस्था छैन । त्यसैले सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिन दीपावली गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न निर्देशन दिने निर्णय भएकाे थियाे […]