Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

राजदरबार हत्याकाण्डकाे १९ वर्ष पूरा, नेपालीले कहिलै नबिर्सने त्याे कालाे दिन…

१९ जेठ,   खबरमञ्चडेस्क,   at 7:38 AM

By   /  June 1, 2020  /  Comments Off on राजदरबार हत्याकाण्डकाे १९ वर्ष पूरा, नेपालीले कहिलै नबिर्सने त्याे कालाे दिन…

    Print       Email

काठमाडौं । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्डकाे अहिले पनि सत्यतथ्य बाहिर आउन सकेको छैैन।

त्यो कहालीलाग्दो क्षण अहिले पनि नेपालीको मानसपटलमा छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनी छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

Read More →