Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

राखेप सदस्यसचिवका लागि तीन जनाकाे नाम सिफारिस

७ साउन,   खबरमञ्च,   at 10:08 PM

By   /  July 22, 2020  /  Comments Off on राखेप सदस्यसचिवका लागि तीन जनाकाे नाम सिफारिस

    Print       Email

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पदका लागि तीन जनाकाे नाम सिफारिस भएकाे छ । )

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितीले एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको हो। जसमा  निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, महिला  भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापा छन्।

यी मध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्ने छ। मन्त्रालयले एक साताअघि राखेप सदस्यसचिवका लागि सार्वजनिक दरखास्त आह्वान गरेको थियो।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि पहिलाेपटक दरखास्त आह्वान गरेर सदस्य सचिव चुनिन लागेकाे हाे । यसअघि राजनीतिक नेतृत्वसँगकाे सम्बन्धका आधारमा सदस्यसचिव नियुक्त हुने गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सिपिएल खेल्न सन्दीप चार्टर्ड जहाजमा ट्रिनिडाड एन्ड टोबागोतर्फ जाँदै

Read More →