Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

रहेनन् सङ्घनायक ज्ञानपूर्णिक महास्थवीर

१९ असार,   रासस,   at 1:10 PM

By   /  July 3, 2020  /  Comments Off on रहेनन् सङ्घनायक ज्ञानपूर्णिक महास्थवीर

    Print       Email

काठमाडाैं । सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ ।

उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थिए । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान पुर्याएका छन् ।

उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए । छ महिनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य सम्लग्न थिए।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन् । धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए ।

उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए । यसबीचमा उनको स्वास्थ्य लाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो । उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

Read More →