Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

यो वर्ष दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

२५ असाेज,   खबरमञ्च,   at 10:11 PM

By   /  October 11, 2020  /  Comments Off on यो वर्ष दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

    Print       Email

काठमाडाैं । नेपाल राष्ट्र बैंकले यो वर्ष दशैंमा नयाँ नोट वितरण नगर्ने भएकाे छ ।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार एक सूचना प्रकाशित गर्दै हरेक वर्ष दशैंमा वितरण गरिने नयाँ नाेट याे वर्ष काेराेना सन्त्रासका कारण वितर्ण नगरिने जनाएकाे हाे ।

पछिल्लाे समय नेपालमा काेराेना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेकाे छ । बैंक तथा बित्तिय संस्थाका कर्मचारी पनि संक्रमित भइरहेका छन् ।

नाेट वितरण गर्दा भीड भाड हुने र संक्रमण जाेखिम बढ्ने भन्दै राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नहुने बताएकाे हो । तर यसले सर्वसाधारणप्रति पर्ने सुविधाका लागि भने बैंकले क्षमा मागेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →