Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

योगेश भट्टराईले भने- एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन

२० मंसिर,   खबरमञ्च,   at 12:52 PM

By   /  December 6, 2021  /  Comments Off on योगेश भट्टराईले भने- एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन

    Print       Email

चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने  चेतावनी दिएका छन् । 

प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिए । 

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ  महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’ 

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताए । 

ताजा जनादेशबाट एमालेले सरकार बनाउने बताउँदै उनले पाँच दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

Read More →