Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

२१ चैत,   खबरमञ्च,   at 8:17 AM

By   /  April 4, 2022  /  Comments Off on युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने

    Print       Email

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा सङ्घ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दै छन् । 

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । 

युवा सङ्घले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए । 

दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् । 
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →