Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

२१ साउन,   खबरमञ्च,   at 8:33 PM

By   /  August 5, 2020  /  Comments Off on यी हुन् ‘मदन पुरस्कार–२०७६’ का लागि छनाेट भएका सात वटा पुस्तक

    Print       Email

काठमाडौं । ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकको सूची सार्वजनिक गरेको छ ।

मदन पुरस्कार गुठीले आज निकालेकाे सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारस निघण्टु (खण्ड १–३(, चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा समावेश छन ।

पुरस्कारका निम्ति गुठीलाई प्राप्त १५१ मध्ये सात पुस्तकलाई पुरस्कार छनोट समितिले रोजेको हो ।

छनोटमा परेका यी पुस्तक मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ । मदन पुरस्कारको राशी दुई लाख रुपैंया छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘सिन्धुलीकाे जुनारै रसिलाे’ सार्वजनिक (भिडियाेसहित)

Read More →