Loading...
You are here:  Home  >  छापामा  >  Current Article

यी हुन् नेताहरूलाई चुच्चे नक्सा देखाउने बुद्धिनारायण, तर नेताहरू हाँस्थे

१० जेठ,   खबरमञ्च,   at 7:09 AM

By   /  May 23, 2020  /  Comments Off on यी हुन् नेताहरूलाई चुच्चे नक्सा देखाउने बुद्धिनारायण, तर नेताहरू हाँस्थे

    Print       Email

विर्तामोड । भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे।

नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले खेका छन्।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे ।

चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी।

‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन।’

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे।

त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे।

विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतबाट आएकी मनीषा क्वारेन्टाइनमा, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

Read More →