
एजेन्सी। दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० बच्चालाई जन्म दिएकी छिन् ।
गोसियामे थमारा सिथो नाम गरेकी ती महिलाले सात छोरा र तीन छोरीलाई जन्म दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
गर्भको भिडियो एक्सरे गर्दा आठ बच्चा देखिएको भएपनि १० जना बच्चा जन्मिएका हुन् ।
३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । एकैपटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ ।