Loading...
You are here:  Home  >  समाज  >  Current Article

यास चक्रवातः अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना

११ जेठ,   खबरमञ्च,   at 1:39 PM

By   /  May 25, 2021  /  Comments Off on यास चक्रवातः अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना

    Print       Email

काठमाण्डौ । बङ्गालको खाडीमा उत्पन्न भएको यास नामको चक्रवातको असरले अबको केही दिन वर्षा, हावाहुरी तथा हिमपात हुने सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर यास चक्रवात शक्तिशाली आँधीमा परिणत हुने बताएको छ ।

आँधीको प्रभावले आज प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमालीरपहाडी भूभागका केही ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै भोलि सबैजसो प्रदेशका केही ठाउँमा ठूलो पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हरेको विभागले जनाएको छ ।

यास चक्रवातको प्रभाव आउँदो शनिवारसम्म रहने छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च गतिको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले आजदेखि केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका ४ जना पक्राउ

Read More →