Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

यातायात व्यवस्थापन विभाग अगाडि यातायात व्यवसायीको धर्ना, सेवा तत्काल खोल्न माग

२३ भदौ,   खबरमञ्च,   at 2:02 PM

By   /  September 8, 2020  /  Comments Off on यातायात व्यवस्थापन विभाग अगाडि यातायात व्यवसायीको धर्ना, सेवा तत्काल खोल्न माग

    Print       Email

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनका कारण यातायात क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले सार्वजनिक यातायात व्यवस्थित गर्न ८ बुँदे सुझावसहितको ज्ञापन पत्र यातायात व्यवस्था विभागलाई बुझाएको छ।

सार्वजनिक यातायात सेवा तत्काल खोल्न यातायात व्यवसायीले सरकारसँग माग गरेका हुन्।

मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन्। लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तर्जिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन्।

कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र(सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख(सीडीओ) र ट्राफिक प्रहरी महाशाखालाई समेत उदृत गर्दै बुझाइएको पत्रमा महासंघले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र तत्काल सवारी संचालन गर्न माग गरेको छ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →