
काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ ।
राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई गिरफ्तार गर्दै सत्ता कब्जा गरेको सेनाले एक वर्ष संकटकाल लगाएको घोषणा समेत गरेको छ ।
सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिए अनुसार म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।
म्यानमारमा सरकार र सेनाबीच तनाब बढीरहेको बेला सेेेेेेनाले सत्ता कब्जा गरेकाे हाे ।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गरेको थियो। तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको जनाएको बीबीसीले उल्लेख गरेको छ।
म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।