Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

म्यानमारमा भएकाे सैनिक ‘कू’ बारे नेपाल सरकारले भन्याेः गिरफ्तार सबैलाई तत्काल रिहा गरियाेस्

१९ माघ,   खबरमञ्च,   at 9:33 PM

By   /  February 1, 2021  /  Comments Off on म्यानमारमा भएकाे सैनिक ‘कू’ बारे नेपाल सरकारले भन्याेः गिरफ्तार सबैलाई तत्काल रिहा गरियाेस्

    Print       Email

काठमाडाैं । म्यानमारमा भएकाे सैनिक ‘कू’ काे विषयलाई लिएर नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेकाे छ ।

परराष्ट्र मन्त्रालयले साेमबार राति एक विज्ञप्ती जारी गर्दै म्यानमार घट्नाकाे भत्सर्ना गरेकाे छ र गिरफ्तार राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकीलगायतको तत्काल रिहाइका लागि अनुरोध गरेको छ ।

‘नेपालले म्यानमारमा भएका विकासक्रमलाई नजिकबाट नियालिरहेको छ । हामी विश्वास गर्छौं कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनर्स्थापना हुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

नेपालले पक्राउ परेका राष्ट्रपति र स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले लामाे समयदेखि त्यसमा असन्तुष्टि जनाउँदै आएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पुनर्स्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते

Read More →